एनपीएलको टिकट खुल्यो, कति छ शुल्क ?

Share:

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण क्रिकेट प्रतियोगिताको टिकट बिक्री खुल्ला गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गरी टिकट खुल्ला गरेको जनाएको छ।

क्यानले पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरेको हो।

पहिलो दिन र शनिवारका लागि साधारण प्यारापिटको टिकट ५०० र भिआइपीको १५ सय तोकिएको छ । त्यसबाहेकका अन्य लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र भिआइपीतर्फ एक हजार कायम गरिएको छ ।

प्लेअफ र फाइनलका लागि साधारणतर्फ एक हजार र भिआइपीतर्फ २ हजार तोकिएको छ । सिजनल पासका लागि १५ हजार मूल्य कायम गरिएको छ ।

खेल आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा सञ्चालन हुँदैछ।

 

कमेन्ट गर्नुहोस्
Share: