बानेश्वर सडकमा खानेपानीको पाइप फुटेपछि…

188
0
Share:

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको पाइप फुटेर सडक जलमग्न भएको छ । सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने बाटोमा पानीको पाइप फुटेको हो ।

पाइप फुटेर अहिले सडक अस्तव्यस्त बन्न पुगेको छ । सडकमा गुडिरहेका सवारी साधन र मान्छेहरू पानी बगेसँगै समस्यामा परेका छन् ।

सो क्षेत्रमा बनाइएको आकाशे पुलको छेउमा खानेपानीको पाइप फुटेको प्रहरीले बताएको छ । पानी सिधै खोलामा पुगेकाले जोखिम नरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: