मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

202
0
Share:

काठमाडौं। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।

मधेस प्रदेशसभामा उपस्थित ७८ प्रदेशसभा सदस्यमध्ये ७६ जनाले सभामुख मण्डलविरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत दिएका थिए । प्रस्तावको विपक्षमा भने शून्य मत परेको थियो ।

उपसभामुख बबिता राउत ईशरले कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले राखेको प्रस्तावको पक्षमा आएको मत प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमत भएकाले पारित भएको घोषणा गरिन् । प्रस्ताव पारित भएसँगै सभामुख मण्डल स्वतः पदमुक्त भएको उनले जानकारी गराइन् ।

सभामुख मण्डलविरुद्ध कात्तिक २७ गते प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: