चितवनमा विद्यालयलाई रेड रक्स ईभेन्ट्स र खेलकुद विकास समितिबाट शैक्षिक सामग्री हस्तान्तरण

Share:

पोखरा । भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । चितवन जिल्ला खेलकुद बिकास समिति र रेड रक्स ईभेन्ट्सले आज विद्यालयलाई टाई र बेल्टलगायत ३० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको हो ।

उक्त सामग्री समितिका अध्यक्ष राजन कार्की र ईभेन्ट्सका प्रवन्ध निर्देशक बिकल क्षेत्रीले विद्यालयकी प्राचार्य शान्ता अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम पियामार्फत विद्यार्थीहरुलाई हस्तान्तरण गरे । सो क्रममा बोल्दै समितिका अध्यक्ष कार्कीले हालै सम्पन्न खेलकुद तथा वृहत व्यापारिक महोत्सवको तर्फबाट विद्यालयलाई सहयोग गरिएको बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले टाई र बेल्ट लगाउने ईच्छा व्यक्त गरेकोले सहयोग गरिएको उनको भनाइ थियो । उनले आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

विद्यालयकी प्राचार्य अधिकारीले निम्न वर्गका बालबालिकाहरु विद्यालयमा अध्ययनरत रहेको जानकारी दिइन् । विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका लागि बिभिन्न संघ संस्थाहरुसँग सहयोग माग्नुपर्ने अवस्था रहेको उनले सुनाइन् ।

उनले विद्यार्थीहरुको ईच्छा अनुसार टाई, बेल्टलगायतका शैक्षिक सामग्रीहरु सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । यस्तै उनले विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा आवश्यक रहेको पनि बताइन् । सहयोग हस्तान्तरण कार्यक्रमका समितिका सदस्य, रेड रक्स ईभेन्ट्सका प्रतिनिधि तथा विद्यालयका शिक्षकहरुलगात सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
Share: