विद्यार्थीको रगत परीक्षण र खाद्यन्न सहयोग

Share:

पोखरा । कालिका नगरपालिका-९ शक्तिखोरस्थित चतुर्मुखी माध्यामिक विद्यालयका विद्यार्थीहरुको नि:शुल्क रगत परीक्षण गरिएको छ । यात्रा ग्रुप र ग्रीनल्याण्ड पब्लिक स्कुलको इको क्लबको आयोजना तथा सिआरएलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको निस्शुल्क रगत परीक्षण गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका दुईसय जना विद्यार्थीको रगत परीक्षण गरिएको यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रगत परीक्षण कार्यक्रम आयोजना गरिएको कार्कीको भनाइ थियो ।

यस्तै सोही दिन सिद्धी छात्रावासलाई खाद्यन्न सहयोग पनि गरिएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य ईन्दिरा पन्त र ग्रीनल्याण्ड इको क्लबका विद्यार्थीहरुले खाजा खर्च कटौती गरेर छात्रावासलाई १० बोरा चामल गरेका हुन् ।

यस अघि स्कुलले सोही छात्राबासका एक विद्यार्थीलाई आवासिय सुविधासहित ११ र १२ नि:शुल्क रुपमा पढाईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: