डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत् (सूचीसहित)

156
0
Share:

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने तथा हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो।

निगमका अनुसार डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंको लागि प्रति किलोलिटर ४२ अमेरिकी डलरले मूल्य बढाइएको छ।

निगमले पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ।

कमेन्ट गर्नुहोस्
Share: