नेपालमा दित्वा चक्रवातको आंशिक प्रभाव, केही दिन वर्षाको सम्भावना न्यून

266
0
Share:

काठमाडौं । दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक असर नेपालमा महसुस भए पनि वर्षाको सम्भावना भने निकै न्यून रहेको मौसम विज्ञहरूले बताएका छन्।

चक्रवातका कारण पश्चिमी वायु नेपालतर्फ धकेलिन नसक्दा निकट भविष्यमा पानी पर्ने सम्भावना झनै घटेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए।

महाशाखाअनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफै रहनेछ।

आज राति पनि कोशी र मधेसमा हल्का बदली रहने अनुमान गरिएको छ भने अन्य भूभागमा आकाश खुलेर मौसम स्थिर रहनेछ।

मौसम विज्ञहरूका अनुसार केही दिन मौसम सुख्खै रहने सम्भावना प्रबल रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: