
पोखरा । एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आफ्नो आठौँ शाखा सञ्चालनमा ल्याएको छ। शाखाको उद्घाटन कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले संयुक्त रूपमा गरे।
उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक क्षेत्रीले एडुब्रिजले नेपाली विद्यार्थीलाई वैदेशिक उच्च शिक्षाका लागि मार्गदर्शन गर्दै आएको मात्र नभई विदेशी विद्यार्थीलाई नेपालमै अध्ययनका लागि आकर्षित गर्न सहजिकरण गरिरहेको बताए।
‘पर्यटनको राजधानी पोखरामा शाखा विस्तारसँगै अब हामीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि मेडिकल, पर्यटन, बौद्ध दर्शन ९बुद्धिज्म० लगायतका क्षेत्रमा अध्ययनका लागि ल्याउने लक्ष्य लिएका छौं,’ उनले भने।
गण्डकी प्रदेश शाखा निर्देशक सुनारले एडुब्रिज कन्सल्टेन्सी अस्ट्रेलिया, युके, जापान, युरोप र युएईका विश्वविद्यालयहरूको प्रतिनिधि संस्थाको रूपमा काम गर्दै आएको बताए।
उनका अनुसार कन्सल्टेन्सीले विद्यार्थीको शैक्षिक पृष्ठभूमि, रुचि र करियर लक्ष्यअनुसार उपयुक्त शैक्षिक संस्थाको छनोटमा सहयोग गर्दै आएको छ।
एडुब्रिजले अबदेखि नेपाली विद्यार्थीलाई वैदेशिक शिक्षा तथा काउन्सिलिङ सेवा प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालका विविध शैक्षिक क्षेत्रमा भित्र्याउन सक्रिय भूमिका खेल्ने बताइएको छ।
शाखा उद्घाटनसँगै कन्सल्टेन्सीले विद्यार्थीलाई वैदेशिक उच्च शिक्षासम्बन्धी विस्तृत परामर्श सेवा प्रदान गरेको जनाएको छ।


