
काठमाडौं । यदि तपाईं आज कतै घुमफिर वा विशेष कामका लागि निस्कने योजनामा हुनुहुन्छ भने, मौसमले तपाईंलाई पूर्ण साथ दिनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन।
महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश भूभागमा मौसम सफा रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा थोरै बादल लागेको (आंशिक बदली) अवस्था छ।
दिउँसोको अवस्था कस्तो होला ?
आज दिउँसो पनि मौसम घमाइलो नै रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। पहाडी भेगबाहेक अन्य स्थानमा न्यानो घाम लाग्ने भएकाले जनजीवन सामान्य र सुखद रहनेछ।
आज रातिको समयमा भने देशभरको मौसम ुक्लियरु रहनेछ। महाशाखाले राति देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ।
