आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ गीत सार्वजनिक

Share:

पोखरा। गायक आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिएका छन्।

गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको हो। भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्।

भिडियोमा भ्लगर सन्तोष दुवाडी, कविता अधिकारी र सबिन गायकको भूमिका प्रमुख छ । जसमा चर्चित कलाकार प्रकाश घिमिरेले साथ दिएका छन्। राजु अधिकारी, क्षेत्र बहादुर गुरुङ र नीतु परियारको समेत अभिनय रहेको गीतबाट निर्माण पक्ष आशावादी देखिन्छ।

भिडियोको छायांकन प्रकाश गुरुङ काशले गरेका छन्। गीतलाई आशिष दियालीको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

कमेन्ट गर्नुहोस्
Share: