आदर्श समाजका व्यवस्थापक दुर्गादेवीलाई मातृशोक

Share:

नवलपुर । आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोलालाई मातृशोक परेको छ । उनकी आमा पोखरा-१४, छिनेडाँडा निवासी विष्णुमाया बरालको ९३ वर्षको उमेरमा बिहीबार साँझ चितवनको भरतपुर अस्पतालमा असामयिक निधन भएको हो ।

उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन् । उनका एक छोरा कृष्णप्रसाद बराल, एक छोरी दुर्गादेवी बास्तोला एवं नातिनातिना र पनातिनातिना छन् ।

स्वर्गीय बरालको शुक्रबार दिउँसो १२ बजे गैंडाकोटस्थित आदर्श समाज परिसरबाट शवयात्रासहित देवघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: