भृकुटीमण्डपमा एमाले महाधिवेशनको मतदान जारी, अहिलेसम्म १३ सय मत खस्यो

Share:

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म १३ सय मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा १३ सय मत खसेको हो ।

निर्वाचनमा राती १० बजेर २२ मिनेट जादाँसम्म १३ सय मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।

मतदान सकिन अझै १० घण्टा लाग्नसक्ने उनले बताए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: