
काठमाडौं। लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–७ कुमारीगालबाट लागुऔषध खैरो हेरोइन १ सय ४७ ग्राम १ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी मनरा शिसवा नगरपालिका-२ घर भएका ३१ वर्षीय संदिप सिंह र मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला घर भएका ४५ वर्षीय अम्बर बहादुर दर्जी रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले संदिपलाई८१ ग्राम ४ सय मिलिग्राम र अम्बर बहादुरलाई ६५ ग्राम ७ सय ३० मिलिग्राम उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ बाट लागुऔषध खैरो हेरोइन ३२ ग्राम सहित उदयपुर वेलका नगरपालिका-३ घर भएका ३१ वर्षीय सागर कुमार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
सिन्धुली, कमलामाई नगरपालिका-९ कोरूङखोलाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ४० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा गौरीगञ्ज गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश यादव, तनहुँम्याग्दे गाउँपालिका-६ बस्ने २८ वर्षीय उत्तम सिंजाली मगर ररसुवा आमाछोदिङमो गाउँपालिका-३ बस्ने २२ वर्षीय सागर तामाङ रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ११९१ नम्बरको हायसमा सवार रमेशलाई २ सय ४० मिलिग्राम र बा.५ ख ६०२९ नम्बरको हायसमा सवार उत्तम र सागरलाई ३ ग्राम ६ सय मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुर ढाँटबाट लागुऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ सय ४० किलोग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २९ वर्षीय सरोज मोक्तान र २१ वर्षीय नवराज लो रहेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई जाँच गर्दा क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाई लुकाईछिपाई राखेको उक्त परिमाणको पदार्थ फेला पारी चालक जित बहादुर र सहचालक नवराजलाई पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट लागुऔषध ब्राउनसुगर जस्तो पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–६बस्ने २५ वर्षीयनबिन चौधरी र२२ वर्षीय शुसिल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके,नेपालगंज उपमहानगरपालिका–२ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५४ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ बेलासपुर बस्ने ४३ वर्षीय सुवोध क्षेत्री र बैजनाथ गाउँपालिका–१ बस्ने ३२ वर्षीय याम बहादुर बुढा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सर्लाही,मलंगवा नगरपालिका–११ यादवचोक बस्ने २९ वर्षीया इन्दु देवी यादवलाई लागुऔषध गाँजा करिब २ किलो ८ सय ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
मोरङ, सुन्दरहरैँचा नगरपालिका–१० बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८१ मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय नरेश उराउलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापा,भद्रपुर नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्राम सहित कचनकबल गाउँपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरीझापा, कन्काई नगरपालिका-५ तल्लो चाप्रामारीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-११ बस्ने २४ वर्षीय अनिश विक रदमक नगरपालिका-३ बस्ने २६ वर्षीया रेस्मी मगर रहेका छन्। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दिया,बढैयाताल गाउँपालिका-५बढैयातालबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-५ बढैया गाउँबस्ने ४१ वर्षीय दिनेश कुमार थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट लागुऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ १०ग्राम८०मिलिग्राम सहित बाँसगढी नगरपालिका-३ सुन्दरबस्ती बस्ने २८ वर्षीया कृष्णा खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
