निर्वाचन बिथोल्न भागेका शक्तिहरू लागेका छन् : रवि लामिछाने

Share:

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालुवाटारबाट भागेका शक्तिहरू निर्वाचन बिथोल्न लागेको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै पार्टीको चुनाव जिते झै चुनावमा जितेर आउन पनि चेतावनी दिए ।

पुराना र भागेका शक्तिहरू निर्वाचन बिथोल्न ससाना वा ठूला घटना घटाउन उद्यत् देखिएको भन्दै उनले सरकार र नागरिकहरूलाई सचेत समेत गराए।

सरकारसँग रास्वपा साथमा रहेको भन्दै रविले निर्धक्क भएर निर्वाचनका लागि जुट्न उनले सरकारलाई आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्
Share: