
काठमाडौं। लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन्।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-७ गैरीबाट लागुऔषध गाँजा करिब १ किलोग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट, एनार्गन २ सय ७० ट्याब्लेट, भोमिन १ सय ट्याब्लेट र नगद १० हजार ९ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट नियन्त्रित लागुऔषध स्पास १ सय २० ट्याब्लेट सहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय कृपा शंकर उपाध्यायलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
कञ्चनपुर, बेलौरी नगरपलिका-६ नकैयाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २७ वर्षीय मोहन ऐर र बझाङ बित्थडचिर गाउँपालिका-७ सोनकुण्डा बस्ने २८ वर्षीय मुकुन्द जोशी रहेका छन्। इलाक प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ बस्ने २७ वर्षीय तिलक राना मगरलाई लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट जि गाँउबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
यसैगरी बाँके, खजुरा गाउँपालिका-१ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सिताराम विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धनौली समेतबाट खटिएको प्रहरीले सोही ठाउँ स्थित तुल प्रसाद थापाको घर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी सितारामलाई पक्राउ गरेको हो। प्रहरीले हाल फरार तुल प्रसादको खोजी गरिरहेको छ।
दाङ, लमही नगरपालिका-५ लमही बसपार्कबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम २ सय ९० मिलिग्राम सहित रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ बस्ने २६ वर्षीय सुजन परियारलाई गए राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले थप अनुसन्धानको क्रममा उक्त लागुऔषधको कारोबारमा संलग्न रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ बस्ने २७ वर्षीय बिबेक बुढामगर र भुमे गाउँपालिका-२ बस्ने २८ वर्षीय बिकाश पुन मगरलाई घोराही उपमहानगरपालिका-१४ बाट पक्राउ गरेको छ।
यसैगरी दाङ, राप्ती गाउँपालिका-५ कालापानीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजी बस्ने ३८ वर्षीय ईमरान सिद्दिकी हलवाई र सोही उपमहानगरपालिका-८ ज्वलाहापुर बस्ने ३८ वर्षीय नुरूद्दिन अन्सारी रहेका छन्। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलाबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम २ सय ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका-६ बस्ने २३ वर्षीय महफुल आलम समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी खानीखेतबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५१ प २२०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
महोत्तरी, औरही नगरपालिका-१ बाट नियन्त्रित लागुऔषध डाइजेपाम ४ सय ७४ एम्पुल, बुप्रेनोर्फिन ४ सय ८४ एम्पुल र प्रोमेथाजाइन ४ सय ७८ एम्पुल सहित सम्सी गाउँपालिका-६ बस्ने २१ वर्षीय शेष तनबिर समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौशाला समेतबाट खटिएको प्रहरीले रामगोपालपुरबाट बर्दिवासतर्फ जाँदै गरेको बीआर ३० एओ २२८५ र बीआर २० डब्लु ०३२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुवै मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
मोरङ, बुढीगंगा गाउँपालिका-२ शिवम पेट्रोल पम्प नजिकै सडकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डाइक्लोमाइन ४ सय ५० ट्याबलेट सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सुजन तामाङ समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्याल नेमुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
