बालेनसँग एकता हस्ताक्षरपछि रविले भने- सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको सहमतिपछि लामिछानेले उक्त अभिव्यक्ति सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।आईतबार बिहान लामिछानेले सामाजिक संजाल फेसबुसमा शाहसँग सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिर राख्दै लेखेका छन्- ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’

लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ, जस अनुसार पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ ।

शाहले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गरेका छन् भने फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने उल्लेख छ ।

त्यस्तै सहमतिमा रास्वपालाई आसन्न आमनिर्वाचन लगत्तै सम्झौता बमोजिम पुनर्गठन गरेर दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: