
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट उम्मेदवार नबन्ने घोषणा गरेकी छिन्।
ललितपुरसहित देशका विभिन्न स्थानबाट प्रस्ताव आए पनि यसपटक निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरिएको उनले फेसबुकमार्फत जानकारी दिएकी हुन्।
तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी एक्ली महिला उम्मेदवार रहेकी उनले काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेर जित हासिल गर्नु चुनौतीपूर्ण हुने उल्लेख गरेकी छन्।
आगामी निर्वाचनमा उम्मेदवार बन्ने विषयमा देशभरिका कार्यकर्ताबाट जिज्ञासा आए पनि आफूले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको उनको भनाइ छ।
