न्याशन इन्भेन्टिभ स्कूलमा अंग्रेजी स्क्र्याबल क्लब गठन

Share:

पोखरा । न्याशन इन्भेन्टिभ स्कूल, बैदाम पोखरामा अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ। विद्यार्थीहरूको अंग्रेजी भाषागत दक्षता र दिमागी क्षमताको विकास गर्ने उद्देश्यले क्लब गठन गरिएको हो। नवगठित क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री र सचिवमा हर्षना श्रेष्ठ चयन भएका छन्। क्लबमा हाल ३२ जना सदस्यहरू आवद्ध रहेका छन्।

क्लब गठन कार्यक्रम विद्यालयका संस्थापक तथा प्राचार्य उमा लामिछाने को विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्राचार्य लामिछानेले नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै स्क्र्याबल खेलले विद्यार्थीहरूको अंग्रेजी भाषा सीप, सोच्ने क्षमता र सृजनात्मकता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

विद्यालय प्रशासन प्रमुख कृष्णराज गुभाजुले नवगठित क्लबका पदाधिकारीहरूलाई स्वागत गर्दै अंग्रेजी सिकाइ र दिमागी विकासमा सहयोगी हुने स्क्र्याबल जस्ता बौद्धिक खेलमार्फत नयाँ क्लब स्थापना हुनु खुसीको विषय भएको बताए। उनले आगामी दिनमा विद्यालयस्तरीय तथा अन्तरविद्यालय स्क्र्याबल प्रतियोगिताहरू आयोजना गर्ने योजना समेत जानकारी दिए।

यसैगरी, विद्यालयका अंग्रेजी शिक्षक सिपी पोखरेल ले अंग्रेजी स्क्र्याबलको महत्वबारे प्रकाश पार्दै भने, “स्क्र्याबल खेल्दा विद्यार्थीहरूले नयाँ-नयाँ अंग्रेजी शब्द सिक्ने अवसर पाउँछन्, जसले उनीहरूको शब्दभण्डार विस्तार गर्न सहयोग गर्छ। साथै यस खेलले स्पेलिङ (हिज्जे), उच्चारण र शब्द प्रयोगमा क्रमिक सुधार ल्याउँछ।”

कमेन्ट गर्नुहोस्
Share: