रास्वपामा अब तीन उपसभापति, पहिलो वरीयतामा कुलमान, त्यसपछि को ?

Share:

काठमाडौं । उज्यालो नेपाल पार्टीसँग एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन उपसभापति रहने भएका छन् ।

बालेन्द्र शाह साक्षी बसी रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको सम्झौतापत्रमा एकीकृत पार्टीमा तीन उपसभापति रहने उल्लेख छ ।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहने भएका छन् ।

सातबुँदे सहमतिको चौथो नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’

कमेन्ट गर्नुहोस्
Share: