भयावह बन्दै इरानमा आन्दोलन, २१७ जना मारिएको दाबी, देशभर इन्टरनेट र फोन सेवा बन्द

Share:

इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ। टाइम पत्रिकाले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै लेखेको छ, ‘राजधानीका ६ वटा अस्पतालमा कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरिएको छ, जसमध्ये धेरैजसोलाई गोली लागेको छ।’

विरोध प्रदर्शन तीव्र हुँदै जाँदा सुरक्षाकर्मीले बिहीबार राति धेरै स्थानमा गोली चलाएका थिए र यसपछि पनि कारबाही जारी छ।

यसैबिच रिभोलुसनरी गार्डका एक अधिकारीले सरकारी टीभीसँग कुरा गर्दै अभिभावकहरूलाई आफ्ना छोराछोरीहरूलाई प्रदर्शनबाट टाढा राख्न र गोली लागेमा गुनासो नगर्न चेतावनी दिएका छन्।

विरोध प्रदर्शन रोक्न इरान सरकारले पूरा शक्ति प्रयोग गरिरहेको छ। शुक्रबार रातिका रक्तपातपूर्ण तस्बिरले यसको पुष्टि गरेका छन्।

इरान सरकारले देशभर इन्टरनेट र फोन सेवा लगभग बन्द गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: