आजको मौसम : तराई क्षेत्रमा हुस्सु र कुहिरो, गण्डकी र कर्णालीका उच्च भूभागमा आंशिक बदली

Share:

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैगरी आज राति तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने छ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: