
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्ष पदमा लक्ष्मण पौडेल ‘एन्ड्रयू’ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा उनले प्रतिद्वन्द्वी दीपकराज भुसाललाई पराजित गर्दै इक्यानको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।
निर्वाचनमा पौडेलले कुल ३४३ मत प्राप्त गर्दै स्पष्ट बहुमत हासिल गरे। शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरण, पारदर्शिता र अन्तर्राष्ट्रिय स्तरमा नेपाली शैक्षिक परामर्श सेवाको विश्वसनीयता बढाउने आफ्नो प्रतिबद्धताका कारण उनी सदस्यहरूको विश्वास जित्न सफल भएका छन्।
नवनिर्वाचित अध्यक्ष पौडेलले इक्यानलाई थप संगठित, व्यावसायिक र समयसापेक्ष बनाउँदै सदस्य संस्थाका हक-हित संरक्षणमा सक्रिय भूमिका खेल्ने बताएका छन्। निर्वाचन परिणामसँगै इक्यानमा नयाँ ऊर्जा र उत्साह थपिएको सदस्यहरूको भनाइ छ।
