
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन्। भृकुटीमण्डपमा चार दिनदेखि जारी कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा भएको महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा चुनेको हो।सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो। दोहोरो उम्मेदवारी परेका पदमा पनि छलफलबाट सहमतिमै नेतृत्व छानिएको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित हुँदा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
बुधबार राति सम्पन्न निर्वाचन र सहमतिको प्रक्रियाबाट खुलातर्फका ३५ जना केन्द्रीय सदस्यहरू चयन भएका छन् । चयन भएका सदस्यहरूमा अनुभवी नेता गोपालमान श्रेष्ठ र ओमकार प्रसाद श्रेष्ठ रहेका छन् भने प्रभावशाली नेता अर्जुन नरसिंह के.सीको उपस्थिति सुनिश्चित भएको छ। त्यस्तै, काठमाडौँका प्रभावशाली नेता राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी र भरत शाह पनि खुलातर्फबाट केन्द्रीय सदस्यमा चुनिएका छन् ।
विशेष महाधिवेशनको हलले मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, र देवराज चालिसेलाई पनि केन्द्रीय सदस्यमा समेटेको छ । यसैगरी उद्योगपति एवं सांसद विनोद चौधरीले पनि गगन थापाको समूहबाट केन्द्रीय सदस्यमा स्थान पाएका छन् । उनीसँगै मोहन आचार्य, उज्वल बराल, जनक गिरी, र देव प्रसाद तिमिल्सिना पनि नयाँ कार्यसमितिमा अटाएका छन् । अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा र जगत जोशी पनि केन्द्रीय सदस्य बनेका छन् ।
महाधिवेशनले प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के।सी।, विदुर बस्नेत, तिर्थ जंग शाही र भरत खड्कालाई पनि खुलातर्फबाटै केन्द्रीय सदस्य बनेका छन् । यसैगरी सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, राजेन्द्र गोपाल सिंह र तिलक रानाभाटलाई पनि नयाँ नेतृत्वको टिममा सामेल गरिएको छ।
हेर्नुहोस् सूची
गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
