प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ ?

Share:

काठमाडौं। दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ। माघे संक्रान्तिको अवसर पारेर आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो।

बुवा र छोरीबीचको इमोस्नल सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा चलचित्रको मुख्य विषय छ। नेपाली कलाकारमा प्यासन छैन भन्नेहरुका लागि ‘मिरमिरे’ जवाफ रहेको र यही कारण आफूले यो सिनेमामा अभिनय गरेको दयाहाङले बताएका छन्।

‘मिरमिरे’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ। यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन्। यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

चलचित्र ‘मिरमिरे’को वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गरेको छ।

१०५ मिनेट रनटाइमको यो चलचित्रले देशब्यापी करिब १ सय ५० शो भन्दा बढी शोज पाएको वितरण कम्पनी आरआर फिल्म्सले जानकारी दिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यका भित्रका हलमा १६ शो पाएको छ भने मोफसलमा २३ १६ शो पाएको छ।

 

यसैगरि, देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ६ वटा आउटलेटमा ११ शो, बिग मुभिजले ३ शो, एफक्युब सिनेमाले ५ शो र वान सिनेमाज् आफ्ना २ वटा आउटलेट ९ शो दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: