गुल्मी १ मा प्रदीप ज्ञवाली, सागर ढकाल र चन्द्र भण्डारीबिच प्रतिस्पर्धा

Share:

काठमाडौं । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका सागर ढकाल यस पटक गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसपटक डडेल्धुरा नगएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी १ का लागि टिकट दिएको हो । यससँगै गुल्मीमा १ मा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारीसँग सागरको प्रतिस्पर्धा हुने भएको छ।

२०७९ सालको चुनावमा यहाँ एमाले ज्ञवालीलाई कांग्रेसका डा. भण्डारीले पराजित गरेका थिए । भण्डारी नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा भाग लिएर बन्द सत्र अघि बढेपछि पार्टी फुट्ने काममा सहभागी नहुने भन्दै हिँडेका थिए ।
भृकुटीमण्डप छाडेर सानेपा बैठकमा भाग लिएका उनलाई कांग्रेस सभापति गगनकुमार थापाले टिकट थमाइदिएका हुन्।

कमेन्ट गर्नुहोस्
Share: