रास्वपाले गर्‍यो १६४ स्थानमा उम्मेदवारी दर्ता

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन।

पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए। रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उनले बताए। पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए।

झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ- ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी- १ मा सरिन (गोमा) तामाङ, कास्की-३ मा बिना गुरुङ, जुम्ला-१ मा बिनिता कठायत, हुम्ला-१ मा टासी लामा, कैलाली-१ मा कोमल ज्ञवाली, धादिङ-१ मा आशिका तामाङ, काठमाडौँ-१ मा रञ्जु दर्शना, ललितपुर-३ मा तोसिमा कार्की र चितवन-३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरी सप्तरी-१ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही-१ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: