कस्केली अधिकृत समाजको ११ औं साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

Share:

पोखरा। कस्केली अधिकृत समाजको ११ औं साधारणसभा र आठौं अधिवेशन आज पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपाल प्रमुख अतिथिका रुपमा थिए। उनले समाजले केवल कास्की जिल्लामा मात्र नभई समग्र गण्डकी प्रदेशमा नेतृत्वको भूमिका निभाउनुपर्ने आवश्यकता औंल्याए।

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले निजामति सेवा र सरकारी संस्थासहितको प्रतिनिधित्व भएको अधिकृत समाज बहुआयामिक संस्था भएको बताउँदै यसको महत्त्व औंल्याए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा। भरतबहादुर खत्रीले समाजमा नैतिक शिक्षा र निरन्तर सक्रियता आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी च्याप्टरका महासचिव असफल गौतम लगायतले समाजमार्फत जिल्लाको समृद्धि र विकासमा योगदान पुर्‍याउन सकिने धारणा राखे।

साधारणसभाको अवसरमा समाजले ‘अधिकृत आवाज अब्क ११’ नामक पुस्तक पनि लोकर्पण गरेको थियो। प्रा.डा. राजेन्द्र चापगाइँ (आहात)ले पुस्तकको समालोचना गरेका थिए।

सो अवसरमा समाजका संस्थापकद्वय शिवप्रसाद पराजुली र पहिलो कार्यसमितिका अध्यक्ष कृष्णकान्त सिग्देललाई सम्मान गरिएको थियो भने कार्यसमितिको उत्कृष्ट पदाधिकारी महेश पौडेललाई सम्मान दिइएको थियो।

अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सहसचिवमा वासुदेव पौडेल, र कोषाध्यक्षमा शीला बराल सापकोटा निर्वाचित भए ।

समितिका सदस्यहरुमा अनिलकुमार शाही, सुमित्रा मल्ल (उदास), मैया पराजुली, बसन्त चालिसे, चन्द्रवती अधिकारी (वाग्ले), अनिल सुवेदी, सन्ध्या पौडेल र अमृत कंडेल रहेका छन्।

निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दुर्गाबहादुर शाह बाबाले पद तथा गोपनीयता सपथ ग्रहण गराएका थिए।

कमेन्ट गर्नुहोस्
Share: