रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स् बुकिङ खुल्ला 

Share:

 

काठमाडौं। चलचित्र‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ। ‘दुई अक्षरको माया’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो।

गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ। गीतमा प्रेम र सम्बन्धको कथा छ। दुई अक्षरको शब्द ‘माया’लाई बुझ्न कति कठिन छ भन्ने गीतमा उल्लेख छ। प्रेम र विश्वास तथा त्यसमा हुने घातलाई सुन्न सकिन्छ।

प्रेम र आशंकालाई केन्द्रमा राखेको गीतले माया बुझ्न हुने गरेको कठिनाई र त्यसले जिन्दगीमा पार्ने प्रभावलाई उल्लेख गरेको छ।

गीतको भिडियोमा चलचित्रमा दुई मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय छ। उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतले देखाउने प्रयास गरेको छ।

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रि–बुकिङ खुला भएको छ। देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला गरिएको चलचित्रको सन्तोषजनक शो पाएको छ।

यो समाचार तयार पार्दासम्म ‘द ब्लू लाइट’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा १३ शो पाएको छ भने मोफसलमा १२ शो पाएको छ।

यसैगरि, देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ५ वटा आउटलेटमा ८ शो, बिग मुभिजले ३ शो र एफक्युब सिनेमाले ३ शो दिएका छन्।

केही हलहरूमा शो खुल्न बाँकी र अग्रीम टिकट बुकिङ खुल्ला हुँदै गएको र देशभर करिब १ सय २० शो भन्दा बढी पाउने जानकारी वितरण कम्पनी डिसिएन दिएको छ।

चलचित्रलाई दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ। ‘द ब्लू लाइट’मा बेनिशा र अर्पणसँगै श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।

चलचित्र ‘द ब्लू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन्। यो उनको पहिलो निर्देशन हो।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको’द ब्लु लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन्। रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन्।

कमेन्ट गर्नुहोस्
Share: