ऋषिङ-३ मा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

Share:

पोखरा। तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका-४ का २३ वर्षीय पूर्णबहादुर थापाको गए राति मृत्यु भएको हो ।

बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: