अबकी बार सय पारको नारा लगाउनुस्- गगन थापा

Share:

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह गरेका छन् ।

कास्कीको पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबीसहित अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् ।

उनले यो सम्भव भएको दाबीसहित भने, ‘मैले साथीहरूलाई भनेको छु मधेसका जाँदै गर्दा अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस् नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस् ।’

थापाले भन, ‘त्यहाँ पुर्याउने हो यसपालि । मज्जाले जाने हो । सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’

सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: