विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा नि:शुल्क ठूलो स्क्रिनमा लाइभ देखाइने

Share:

पोखरा । आइसीसी टी-२० विश्वकप क्रिकेटको रोमाञ्चक यात्रा पोखरामा अझै विशेष बन्ने भएको छ । नेपाली क्रिकेटप्रेमीका लागि खुसीको खबर-विश्वकपमा नेपालले खेल्ने सबै खेलहरु पोखरा लेकसाइडमा निःशुल्क ठूलो स्क्रिनमा लाइभ प्रसारण गरिने भएको छ।

प्रचार नेपालको व्यवस्थापनमा तथा एक्ट्रिम इनर्जी ड्रिंक्सको आयोजनामा पोखरा लेकसाइडको हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा ठूलो स्क्रिन र दमदार साउण्ड सिस्टमसहित खेल देखाइने आयोजकले जनाएको छ। यस कार्यक्रमलाई पोखरा इन्टरनेटले सहयोग गरेको छ।

विश्वकपको माहोल, राष्ट्रिय टोलीप्रतिको उत्साह र लेकसाइडको रमाइलो-तीनै कुराको संगम बन्ने यो कार्यक्रम क्रिकेटप्रेमीका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल आइतबार इंग्ल्याण्डसँग,दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग,तेस्रो खेल फेब्रुअरी १५ मा वेष्ट इन्डिजसँग र चौथो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीको हरेक चौका–छक्का र विकेटको उत्सव अब लेकसाइडमै सामूहिक रूपमा मनाउन पाइनेछ।

कमेन्ट गर्नुहोस्
Share: