गण्डकी अर्थोपेडिक एसोसिएसनको अध्यक्षमा डा. चन्द्रबहादुर मिश्र निर्विरोध, कार्यसमिति अरु को-को ?

Share:

पोखरा । गण्डकी अर्थोपेडिक एसोसिएसनको अध्यक्षमा डा. चन्द्रबहादुर मिश्र चयन भएका छन् । शनिबार सम्पन्न एसोसिएसनको चौथो अधिवेशनले मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा डा. कृष्ण सापकोटा, महासचिवमा डा. झपिन्द्र पोखरेल र सहसचिवमा डा. नवीन त्रिपाठी चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षको जिम्मेवारी डा. विजय परियार र सहकोषाध्यक्षको जिम्मेवारी डा. सुवास गुरुङले पाएका छन् ।

अधिवेशनले कार्यसमिति सदस्यहरूमा डा. दिनेशकुमार विके, डा. रविमोहन ढकाल, डा. नर्मन लामिछाने, डा. भीम सिग्देल र डा. सरोजचन्द्र दाहाललाई चयन गरेको छ ।

एसोसिएसनले गण्डकी प्रदेशमा अर्थोपेडिक उपचारको गुणस्तर अभिवृद्धि, चिकित्सकहरूको व्यावसायिक विकास तथा हक-हित संरक्षणका लागि निरन्तर काम गर्दै आएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: