पोखरामा खुल्यो ‘पाइलट’ ब्रान्ड पेनको आधिकारिक आउटलेट

Share:

पोखरा। लेखन सामग्रीको विश्वप्रसिद्ध ब्रान्ड पाइलट कर्पाेरेसनका पेनहरू अब पोखरामै आधिकारिक आउटलेटबाट उपलब्ध हुने भएका छन्। फेयर ट्रेड कर्पोरेसनले पोखरा महानगरपालिका-३, नदीपुरस्थित कोट्रयार्ड भवन (मीनमार्ट रहेको भवन)मा ‘पाइलट’ ब्रान्डको नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।

शनिबार आयोजित विशेष समारोहबीच कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले संयुक्त रूपमा शोरूम उद्घाटन गरे। कार्यक्रममा चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीको समेत उपस्थिति रहेको थियो।

कम्पनीले विगत ४२ वर्षदेखि नेपालमा पाइलट पेनको बिक्री-वितरण गर्दै आएको जनाएको छ। कम्पनी निर्देशक मीन अग्रवालका अनुसार आउटलेटमा १० रुपैयाँदेखि एक लाख रुपैयाँसम्म मूल्यका विभिन्न पेन उपलब्ध छन्। बल पेन, जेल पेन, फाउन्टेन पेन, हाइलाइटर, मार्कर, पेन्सिल, इरेजर तथा लेखेर मेट्न मिल्ने विशेष पेनहरू समेत बिक्रीका लागि राखिएको छ।

उद्घाटनको अवसरमा सम्पूर्ण उत्पादनमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूका लागि एक वर्षसम्म ५ प्रतिशत विशेष छुट दिइने कम्पनीले जनाएको छ।

काठमाडौंको न्यूरोड र कमलादीमा शाखा सञ्चालनमा रहेको कम्पनीले छिट्टै विराटनगरमा पनि शाखा विस्तार गर्ने तयारी गरेको जानकारी दिएको छ। देशभर विभिन्न डिलरमार्फत समेत पाइलट ब्रान्डका सामग्री उपलब्ध हुँदै आएका छन्।

गुणस्तर, टिकाउपन र आकर्षक डिजाइनका कारण पाइलट पेन अन्य ब्रान्डको तुलनामा उत्कृष्ट मानिने गरेको छ। नयाँ आउटलेट सञ्चालनसँगै पोखराका विद्यार्थी, व्यवसायी तथा लेखनप्रेमीहरूलाई गुणस्तरीय लेखन सामग्री सहज रूपमा उपलब्ध हुने विश्वास गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: