सबै बेथिति र सटर एकैपटक बन्द गरौँ’- रास्वपा सभापति रवि लामिछाने

214
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुदूरपश्चिम धनगढीमा आयोजित चुनावी सभामा जनतासँग प्रतिज्ञा गर्दै राजनीतिक बेथिति र बेरोजगारीका सबै “सटर” एकैपटक बन्द गर्ने उद्देश्यका साथ राजनीतिमा आएको बताएका छन्।

उनले भने, “मतपत्रमा छाप फागुन २१ मा हुनेछ, तर अहिले मनपत्रमा छाप लगाउने हो। सुदूरपश्चिमको अधिकारलाई अल्झाएर राख्ने काम बन्द हुनुपर्छ। बेथिति र बेरोजगारीको सटर बन्द गर्ने हो, सबै सटर एकैपटक बन्द गर्नुपर्छ।”

सभामा रवि लामिछानेले पाँच वर्षे स्थायी सरकारको माग गर्दै आफ्ना उम्मेदवारलाई भोट दिन आह्वान पनि गरे। उनले बताए, “राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले पाउने दुःख अन्त्य गर्न हामी अघि बढेका हौँ। बाचा गर्नेले सजाय पाउने, जनताले होइन। यसपटक देशको राजनीतिक आकांक्षा केन्द्रमा राखेर जनताले जित्नुपर्छ।”

उनले सुदूरपश्चिमका रोजगारीप्रतिको समस्यालाई पनि उजागर गर्दै विदेशमा काम गर्ने नागरिकलाई देश फर्केर मतदानमा सक्रिय हुन आग्रह गरे। रास्वपा यस चुनावमा आफ्नो नारा र कार्यक्रमसँगै जनताको विश्वास जित्न सक्रिय भएको बताउँदै आगामी चुनावमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: