आज बिहान छिटपुट वर्षा, दिनभरको मौसम कस्तो होला ?

151
0
Share:

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान छिटपुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी का अनुसार बिहान ५ बजेदेखि ७ बजेसम्म उपत्यकाका केही स्थानमा हल्का पानी परेको हो।

उनका अनुसार परेको वर्षा अत्यन्तै न्यून मात्रामा भएकाले मापनसमेत गर्न नसकिने प्रकारको थियो। “बिहान परेको पानी अहिले बन्द भइसकेको छ,” उनले बताए।

मौसमविद् पुडासैनीले दिउँसो भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे। यद्यपि उपत्यकामा बादल लाग्ने र बेलाबेला घाम देखिने क्रम चलिरहने उनले जानकारी दिए।

यससँगै आजको मौसम सामान्यतर्फ उन्मुख रहने देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: