पोखरापछि अब काठमाडौंमा एसजे मोटो र हिमालयन जाभाको ‘रिभ्याम्प’ आउटलेट सुरु

143
0
Share:

काठमाडौं । कफी पारखी र बाइक प्रेमीहरूका लागि काठमाडौंमा एक उत्कृष्ट गन्तव्य थपिएको छ। पोखरामा प्राप्त सफलतापछि एसजे मोटो र हिमालयन जाभालेकाठमाडौंको आफ्नो दोस्रो सहकार्यको आउटलेटलाई पूर्ण रूपमा नयाँ शैलीमा (रिभ्याम्प) पुनः सञ्चालनमा ल्याएका छन्।

सन् २०२१ देखि सञ्चालनमा रहेको यो स्थानलाई अहिले आधुनिक बनावट, थप फराकिलो बस्ने ठाउँ र नयाँ सजावटका साथ प्रस्तुत गरिएको छ। यो केवल एउटा क्याफे मात्र नभई बाइक संस्कृतिको उत्सव मनाउने र प्रिमियम कफीको स्वाद लिने ‘लाइफस्टाइल डेस्टिनेसन’ बनेको छ।

सञ्चालनको अवसरमा एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, “पोखराको सफलतापछि हामीले बाइक र कफी प्रेमीहरूको ठूलो समुदाय बनेको महसुस गरेका छौँ। काठमाडौँको यो परिमार्जित आउटलेटमार्फत हामीले अझ फराकिलो र उत्साहजनक वातावरण प्रदान गर्न खोजेका हौँ।”

नयाँ आउटलेटमा अब राइडरहरूले आफ्नो यात्रा अघि ऊर्जा भर्न, साथीभाइसँग भेटघाट गर्न र सहरको कोलाहलबीच शान्त र आकर्षक वातावरणमा कफीको आनन्द लिन सक्नेछन्। यो आउटलेट आजैदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: