होलीमा फेवाताल किनारको ‘होलिल्याण्ड’ यसपटक नहुने

Share:

पोखरा। पर्यटकीय सहर पोखरा को फेवाताल किनारमा हरेक वर्ष फागु पूर्णिमाको अवसरमा आयोजना हुँदै आएको बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ यसपटक नहुने भएको छ।

कार्यक्रम आयोजक प्रचार नेपाल र स्पेक्स फोर्टिन ले प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएकाले यस वर्ष कार्यक्रम स्थगित गरिएको जनाएका छन्। प्रचार नेपालका सञ्चालक आशिष पुरीका अनुसार निर्वाचन आचारसंहिता र व्यवस्थापकीय कारणले ‘होलिल्याण्ड’ आयोजना गर्न नसकिएको हो।

 

हरेक वर्ष फेवा किनारस्थित बाराहीघाट चौरमा आयोजना हुँदै आएको कार्यक्रममा हट एयर बेलुन, अल्ट्रालाइट उडान, ड्रोन स्प्ल्यास, विभिन्न खानाका स्टल तथा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति आकर्षणका केन्द्र बन्दै आएका थिए। आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य सहभागिता रहने उक्त कार्यक्रम पोखराको होलीलाई विशेष बनाउँदै आएको थियो।

‘होलिल्याण्ड’ नहुँदा यस वर्ष फेवाताल किनारमा होलीको रौनक केही कम हुने अपेक्षा गरिएको छ। यद्यपि, आयोजकले आगामी वर्ष अझ भव्य रूपमा कार्यक्रम गर्ने तयारी रहने बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: