मध्यपूर्वमा तनाव : इरानमा मृतकको संख्या ७८७ पुग्यो

144
0
Share:

काठमाडौं । इजरायल र अमेरिकाको सैन्य हमलामा परी इरानमा ७४२ जनाको मृत्यु भएको दाबी गरिएको छ । इरानको रेड क्रिसेन्ट सोसाइटीलाई हवाला दिँदै इजरायल-अमेरिकाको हमलामा परी ७८७ इरानी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्टस इन इरानले भने इरानमा ७४२ जना आम नागरिक मारिएको बताएको छ । जसमा १७६ जना बालबालिका सामेल छन् ।

इरानी संसदको स्वास्थ्य आयोगका सदस्य फातेमेह मोहम्मदबेगीले इरानामा ९ अस्पतालमा निसाना बनाएर अमेरिका-इजरायलले हमला गरेको बताएका थिए ।

दुवै देशले जानीबुझीकन अस्पतालमा निसाना बनाएको उनको आरोप छ ।

कमेन्ट गर्नुहोस्
Share: