चुनाव बिथोल्ने गतिविधि भए गोली प्रहार गर्ने अधिकार छ : आईजीपी कार्की

212
0
Share:

काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको हो। यसैबीच, केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। सुरक्षा अधिकारीहरूले निर्वाचन बिथोल्ने गतिविधि भएमा गोलीसमेत प्रहार हुने चेतावनी बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केन्द्रीय सुरक्षा समिति बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको थियो। यसक्रममा ७७ वटै जिल्लमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। निर्वाचन गराउनका लागि नेपाली सेनाबाट ७९ हजार ७ सय २७ सुरक्षाकर्मी, नेपाल प्रहरीबाट ७० हजार, सशस्त्र प्रहरीबाट ३४ हजार ५ सय ७६, गुप्तचरबाट १ हजार ९ सय २१ जना परिचालन गरिएको छ ।

त्यस्तै, निर्वाचन प्रहरी पनि १ लाख ४९ हजार ९० जना खटिएका छन्। झापा, सर्लाही, दोलखा, बाजुरा, रौतहट, महोत्तरीलगायत संवेदनशील जिल्लामा थप सुरक्षाकर्मी खटाइएको छ। दोलखामा यसपटक माग भएभन्दा पनि बढी सुरक्षाकर्मी परिचालन भएका छन्। झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको छ। झापा र सर्लाहीमा सादा पोसाकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: