झापामा मतपेटिका संकलन सम्पन्न: मतपेटिका रुजु गरिँदै, ओली-बालेनको प्रतिस्पर्धाले परिणामप्रति उच्च चासो

137
0
Share:

काठमाडौं । झापाका सबै क्षेत्रको मतपेटिका मतदानस्थलसम्म पुर्‍याइएको छ । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

झापा-५ का दुई प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको कारण पनि झापाको परिणाम यसपटक सर्वाधिक चासोको विषय बनेको छ ।

निर्वाचन कार्यालयका अधिकृतका अनुसार, अहिले मतपेटिका रुजु गर्ने काम भइरहेको छ । त्यसपछि राजनीतिक दलका प्रतिनिधिसहित सर्वदलीय बैठक बस्नेछ । सर्वदलीय बैठकमा हुने सहमति अनुसार मतगणना सुरु गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: