
काठमाडौं । चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयउन्मुख भएकी छिन् ।
गौतमले प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहाललाई दोब्बरभन्दा बढी मतले पछाडि पारेकी छिन् । गौतमले २३ हजार ७५६ मत ल्याउँदा दाहालको पक्षमा १० हजार २६ मत परेको छ ।
यो क्षेत्रमा कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ३ हजार ३३ र एमालेका शंकर थपलियाको २ हजार ४७८ मत ल्याएका छन् ।
कमेन्ट गर्नुहोस्
