हामी नआत्तिकन काम गर्छौ : रवि लामिछाने

134
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्हालिएर नआत्ति र नमात्ति काम गर्ने बताएका छन् । जनतासँग गरेका वाचालाई कत्ति पनि नभुली काम गर्ने भन्दै वाचापत्रमा जे जे कुरा उल्लेख छन् तिनको एक एक हेक्का राखेर काम गर्ने बताएका छन् ।

चितवनका सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जनतामाझ पुगेर गरिएका प्रतिबद्धता पूरा गर्ने भनेका छन्, ‘समग्र विकासका घोषणा र एजेन्डाहरू पूरा गर्नु नै हाम्रो दायित्व हो’, उनले भने ‘अहिले भन्नेभन्दा पनि गर्ने बेला छ । नागरिकको अपेक्षाको जानकारी छ । ती अपेक्षा संकलन गरेर, नागरिकसँगको करार गरिएका सबै कुरा पूरा गर्छौँ ।’

कमेन्ट गर्नुहोस्
Share: