तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

Share:

काठमाडौं । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन् ।

कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन् ।

यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ-१ बाट भारी मतान्तरसहित विजयी भएका थिए ।
वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । उनी अर्थशास्त्रीका रूपमा पनि चिनिन्छन् ।

कमेन्ट गर्नुहोस्
Share: