कैलाली र कञ्चनपुरमा रास्वपाको क्लिन स्वीप, डडेल्धुरा र बैतडीमा पनि जित

182
0
Share:

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै कैलाली र कञ्चनपुरका सबै आठ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । कैलालीका ५ र कञ्चनपुरका ३ वटै क्षेत्रमा रास्वपा उम्मेदवारहरूले भारी मतान्तरसहित जित निकाल्दै पुराना दलहरूको प्रभावलाई लगभग समाप्त पारिदिएका छन् ।

यस्तै, पहाडी जिल्ला डडेल्धुरा र बैतडी मा पनि रास्वपा उम्मेदवार विजयी हुँदै सुदूरपश्चिममा पार्टीको प्रभाव थप बलियो बनेको छ । कैलाली-१ मा रास्वपाकी कोमल ज्ञवाली, कैलाली-२ मा केपी खनाल, कैलाली-३ मा जगतप्रसाद जोशी, कैलाली-४ मा रास्वपाका खेमराज कोइराला तथा कैलाली-५ मा कांग्रेसको परम्परागत गढ मानिने क्षेत्रमा रास्वपाका आनन्दबहादुर चन्द विजयी भएका छन् ।

यसैगरी, कञ्चनपुर-१ मा जनकसिंह धामी, कञ्चनपुर-२ मा पूर्वपत्रकार दीपक बोहरा तथा कञ्चनपुर-३ मा अर्का पूर्वपत्रकार ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: