जेनजी आन्दोलनको भीडमा जेलबाट फरार कैदी ६ महिनापछि पोखराबाट पक्राउ

Share:

पोखरा । कास्की कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका एक कैदीलाई प्रहरीले करिब ६ महिनापछि पोखराबाट पक्राउ गरेको छ। डाँकाचोरी मुद्दामा कैद सजाय काटिरहेका सूर्य बहादुर घर्ती क्षेत्रीलाई सोमबार दिउँसो पोखराको पृथ्वीचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाचोक घर भएका उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार घर्ती २०८२ भदौ २४ गते कास्की कारागारबाट फरार भएका थिए। त्यसबेला चलिरहेको जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको भिडभाडको फाइदा उठाउँदै उनी जेलबाट भाग्न सफल भएका थिए।

डाँकाचोरी मुद्दामा अदालतबाट सजाय सुनाइएपछि उनी कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए। प्रहरीले पक्राउ परेका घर्तीलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय कास्की पठाइएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: