इरानसँगको तनावबीच ट्रम्पको गर्जन- ‘इरानी सेनालाई ठूलो क्षति भइसक्यो, मूल्य घटाउन तेल रिजर्भ प्रयोग गर्छौँ’

204
0
Share:

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको बढ्दो मूल्य घटाउन अमेरिकी सरकारले रणनीतिक पेट्रोलियम रिजर्भबाट तेल निकाल्ने घोषणा गरेका छन्।

उनले इरानसँगको युद्धले तेलको मूल्य बढेको बताएका छन्, त्यसैले रिजर्भको एक भाग प्रयोग गरिने उनको भनाइ छ। ट्रम्पले भनेका छन्, ‘यसले पेट्रोलको मूल्य घटाउनेछ र रिजर्भ पछि पुनःपूर्ति गरिनेछ।’

यद्यपि उनले कति तेल छाडिनेछ भनेर प्रस्ट पारेनन्। ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सेनाले उल्लेखनीय क्षति बेहोरेको दाबी गरेका छन्।

इरानका नौसेना र वायु सेना कमजोर भएको जिकिर उनले गरेका छन्। उनले भने, ‘अमेरिकासँग विश्वको सबैभन्दा शक्तिशाली सेना छ।’

कमेन्ट गर्नुहोस्
Share: