गण्डकीमा रास्वपालाई समानुपातिकमा ५ लाखभन्दा बढी मत

133
0
Share:

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचनतर्फ पाँच लाखभन्दा बढी मत प्राप्त गर्दै अन्य दललाई पछि पारेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार गण्डकीका ११ जिल्लामा रहेको १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको हो।

निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत पाएको छ भने नेकपा (एमाले) ले एक लाख ५२ हजार ५८७ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ५५६ मत पाएको छ भने श्रम संस्कृति पार्टीले १८ हजार ९९ मत प्राप्त गरेको छ। अन्य दलहरूमा राष्ट्रिय जनमोर्चाले सात हजार ७७०, राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार २२६, मङ्गल नेसनल अर्गनाजेसनले दुई हजार ८५५ र प्रगतिशील लोकतान्त्रिक पार्टीले दुई हजार ५४८ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली जनता संरक्षण पार्टीले एक हजार ९४९, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले एक हजार १ हजार ४१९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले एक हजार ३७८, नेसनल रिपब्लिक नेपालले एक हजार १ हजार ३४४ तथा जनमत पार्टीले एक हजार २११ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। समानुपातिकतर्फको मत परिणामले गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव अझ मजबुत देखिएको विश्लेषण गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: