भोलिदेखि आधा मात्रै सिलिन्डर ग्यास बिक्री गरिने, कति पर्छ मूल्य ?

257
0
Share:

काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ ।

निगमका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।

अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालिएको निगमको भनाइ छ ।

निगमले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने बताएको छ । निगमका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउनेछन् ।

ग्यासको आपूर्तिमा समस्या देखिएपछि निगमले यस्तो निर्णय लिएको हो । अब उपभोक्ताले एउटा सिलिन्डर ग्यासको लागि ९ सय ५५ रुपैयाँ तिर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: