मध्यपूर्वमा तनाव चुलिँदै: इजरायल-इरान द्वन्द्वले ऊर्जा बजार हल्लायो

Share:

मध्यपूर्वमा जारी युद्धबीच बेन्जामिन नेतन्याहु ले इरानको विशाल साउथ पार्स ग्यास फिल्ड मा भएको आक्रमण इजरायलले एक्लैले गरेको खुलासा गरेका छन्। बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कारबाहीमा अमेरिका संलग्न नरहेको स्पष्ट पारे।

नेतन्याहुका अनुसार डोनाल्ड ट्रम्प ले तत्काल यस्ता आक्रमण रोक्न आग्रह गरेका थिए, र इजरायलले अहिले त्यसको पालना गरिरहेको छ। “हामीले अहिलेका लागि यस्ता आक्रमण रोकेका छौँ,” उनले भने।

यो हमला निकै महत्वपूर्ण मानिएको छ, किनकि यसअघि इजरायलले इरानको तेल तथा ग्यासजस्ता संवेदनशील ऊर्जा क्षेत्रमा प्रत्यक्ष आक्रमण गरेको थिएन।

आक्रमणपछि इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्ष्य बनाउने चेतावनी दिएको छ। त्यसको प्रभावस्वरूप कतारको रास लाफान ग्यास प्लान्टमा पनि भीषण हमला भएको बताइएको छ।

ऊर्जा क्षेत्रमा आक्रमण बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य उकालो लागेको छ। विज्ञहरू चेतावनी दिन्छन्-यदि यस्तो क्रम जारी रह्यो भने यसले विश्वव्यापी आपूर्ति शृङ्खला र अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ।

कमेन्ट गर्नुहोस्
Share: