पोखरामा भोलीदेखि वाडा अटो शो हुँदै

Share:

पोखरा । पोखरामा पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा) को आयोजनामा भोली अर्थात् बुधबारदेखि वाडा अटो शो हुने भएको छ । अटोमोवाइल एशोसियसन अफ नेपाल (नाडा) को प्रस्तुतीमा चैत १५ गतेसम्म चल्ने दोस्रो संस्करणको अटो शोको तयारी अन्तिम चरणमा पुगेको वाडाले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । उक्त शो लेकसाइड, तालबाराहीचोक स्थित खेल मैदानमा हुने वाडाका अध्यक्ष दीपेन्द्र कोईरालाले जानकारी दिए ।

शो रहने २० वटा स्टलहरुमा १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २ पांग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजहरुका स्टल रहने अध्यक्ष कोइरालाले बताए । उनका अनुसार अटो सो एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल ईसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस-टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्राण्डका सवारीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।

अटो शो को अवसरमा कम्पनीहरुले ५० हजारदेखि एक लाखसम्म छुट दिने वाडाका महासचिव विनय थापाले जानकारी दिए । उक्त अवसरमा भिन्टेज कार प्रदर्शनीमा राखिने जनाइएको छ । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुराना करीब १० वटा गाडीहरु प्रदर्शनीमा राखिने अध्यक्ष कोइरालाले बताए ।

त्यसबाहेक रोवोट प्रदर्शनीलगायत पनि अटो सो को आकर्षणका रुपमा रहने उनको भनाई छ । ‘अत्याधुनिक प्रविधि विकास एवम् नवप्रवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरु पनि प्रर्दशनमा राखिनेछ’, उनले भने । उनका अनुसार युनी ट्री जि वान ह्युमानोइड रोबोट, युनीट्री गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिनेछ ।

अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायीक वातावरण निर्माण गर्दै आन्तरिक पर्यटनमा टेवा पुर्‍याउन अटो शोको उद्देश्यले अटो सो आयोजना गरिएको वाडाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए ।

वाडा अटो सोपछि अटोमोवाइल क्षेत्रको बिक्री बढ्ने अपेक्षा गरिएको उनले बताए । शो मा प्रवेशका लागि एक सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीलाई ५० प्रतिशत सहुलियत छुट दिईने संयोजक श्रेष्ठले बताए ।

पछिल्लो समय अटोमोवाइल क्षेत्रमा डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको बिक्री बढी हुने गरेको वाडाका उपाध्यक्ष केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: